अमेरिकी सभामुख ताइवान पुग्दा चीनले ग-यो व्यापारमा कडाइ
ताइपेई । चीनले ताइवानसँगको केही व्यापार निलम्बन गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि चीन रुष्ट बनेको हो ।
ताइवान आफ्नो भूमि भएको दाबी गर्दै चीनले वर्षौँदेखि विश्वलाई कूटनीतिक सम्बन्ध गाँस्न समेत दिएको छैन । तर ताइवानले भने आफू स्वतन्त्र राष्ट्र भएको दाबी गर्दै चीनको भूमि नरहेको बताउँदै आएको छ । यस्तोमा पछिल्ला केही वर्षयता अमेरिकाले भने ताइवानसँग छुट्टै सम्बन्ध स्थापना गर्दै स्वतन्त्रताको पक्षमा हुने गरी द्विपक्षीय सहयोग, भ्रमण लगायत गर्दै आएको छ ।
मंगलबार सभामुख ताइपेईमा झर्नेबित्तिकै चीनले केही फलफूल र माछाजन्य ताइवानी उत्पादन चीनमा आयातमा प्रतिबन्ध लगाएको हो । त्यस्तै चीनबाट ताइवानमा हुने प्राकृतिक बालुवाको निर्यातमा पनि कडाइ गरिएको छ । चीन ताइवानको ठूलो व्यापार साझेदार हो । गत वर्ष यी दुई देशबीच दुई खर्ब ७३ अर्ब अमेरिकी डलरको व्यापार भएको थियो । जुन ताइवानको कुलमध्ये ३३ प्रतिशत हो । बाँकी भने अन्य विभिन्न देशसँग हुँदै आएको ताइवानी सरकारले जनाएको छ ।
अमेरिकी सभामुख ताइवान जाने हालसम्मकै उच्चपदस्थ व्यक्तित्व हुन् । उनलाई ताइवान नजान चीनले सार्वजनिक रुपमै अपिल गरेको थियो । यसले चीन–अमेरिका सम्बन्धमा नै असर गर्ने चीनको चेतावनी थियो । तर त्यसलाई चिर्दै पेलोसी मलेसिया हुँदै ताइवान पुगेकी हुन् । योसँगै दुईबीच सैन्य संकट गहिरिने विश्लेषण गरिएको छ । ताइवानको जनसंख्या दुई करोड ४० लाख छ । विभिन्न वस्तुहरुमा प्रयोग हुने सेमिकन्डक्टर चिप्सको आपूर्तिमा ताइवान सबैभन्दा ठूलो निर्यातकर्ता हो । इलेक्ट्रोनिक्स, कार, रेफ्रिजेरेटर, मोबाइलहरुमा यस्ता चिपहरु प्रयोग हुन्छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया