Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभुक्तानीको समस्या समाधान गर्दै भारत–रूस

भुक्तानीको समस्या समाधान गर्दै भारत–रूस


नयाँ दिल्ली । रुस र युक्रेनबीचको युद्ध र पश्चिमा देशको प्रतिबन्धका बाबजुद रुस र भारत भुक्तानी समस्या समाधानको प्रयास गरिरहेका छन् । पश्चिमा देशले रुसका मुख्य नौवटा बैंकविरुद्ध आर्थिक प्रतिबन्ध लगाएका छन् ।

प्रतिबन्धपछि तेल बिक्रीमा बजारको खोजीमा रहेको रुस र सस्तो तेलको फाइदा उठाउन लागिपरेको भारत भुक्तानीको समस्या समाधानमा लागेको रोयटर्सले जनाएको छ । भारतले धेरैभन्दा धेरै रुसी कच्चा तेल खरिद गरेको छ । हालसम्म भारतले उक्त तेल खरिदकै कारण प्रतिबन्धको असर सामना गर्नुपरेको भने छैन । तर भुक्तानीको बाटो भने पहिल्याउन नसकेको बताइएको छ । रुसमाथि लागेका प्रतिबन्धको उल्लंघनविना दुई देशबीचको व्यापार प्रवाहलाई निरन्तरता दिन जुनमा भारतीय र रुसी अधिकारीबीच भेटवार्ता भएको थियो ।

उक्त बैठकमा भारतीय बैंकहरुले रुसी समकक्षीसँग मिलेर खाता खोल्ने सुझाव आएको थियो । यसो गर्दा प्रतिबन्धको कुनै उल्लंघन नहुनेबारे छलफल भएको थियो । झण्डै दर्जन रुसी बैंक अहिले पनि प्रतिबन्धमा रहेका छैनन् । यद्यपि उक्त बैठकमा के भयो भन्ने आधिकारिक कुरा बाहिर नआए पनि रुसी बैंकहरुले जुन बैठकमा भारुमै कारोबार हुनसक्ने भएकाले रिजर्भ बैंक अफ इन्डियालाई भारतीय सम्पत्तिमा लगानी गर्न अनुमति दिन माग गरेका थिए । यही नै भुक्तानीको उपयुक्त समाधान हुने रुसी पक्षको तर्क रहेको बताइएको छ ।

त्यस्तै अर्को विकल्पबारे पनि छलफल भएको बताइएको छ । त्योचाहिँ भारुलाई रुबलमा परिवर्तन गर्न केही समस्या आए केही रुसी बैंकले भारतीय वित्तीय सम्पत्तिमा लगानी गर्न सक्नेबारे पनि छलफल भएको थियो । जे जे निर्णय भए पनि दुवै पक्ष पश्चिमा प्रतिबन्धलाई नचलाईकन भुक्तानी समस्या सुल्झाउने पक्षमा रहेको बताइएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया