नियुक्तिको एक वर्षमै टिन्डरकी सीईओको राजीनामा
अमेरिका । डेटिङ एप टिन्डरकी नयाँ प्रमुख कार्यकारी अधिकृतले नियुक्तिको एक वर्षमै राजीनामा दिएकी छिन् । योसँगै कम्पनी छोड्ने उच्चपदस्थमा उनी दोस्रो महिला कार्यकारी हुन् । टिन्डर म्याच ग्रुपको कम्पनी हो ।
म्याच ग्रुपको नयाँ सीईओमा बर्नार्ड किमको घोषणा गरिएको छ । सीईओ रिनेट निबर्गले मंगलबार सेयरसदस्यलाई पत्र लेख्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले ६२ दिनमा पद छोडेको बताइएको छ ।
‘हाम्रो उद्देश्य हाम्रो ब्रान्डलाई अभिप्रेरित गर्नु हो । हामी गर्छौँ र एकदमै राम्रो सेवा दिनेछौँ’, किमले लेखेका छन् । टिन्डरको लोकप्रियता घटेको, नयाँ प्रयोगकर्तालाई आकर्षिैत गर्न नसकेको र मानिसहरुलाई खर्च गराउन नसकेको बताइएको छ । जुनमा सकिएको पछिल्लो तीन महिनामा कम्पनीको आम्दानीको नतिजासँगै बुधबार २० प्रतिशतले सेयर मूल्य घटेको थियो । म्याच ग्रुपले टिन्डर, हिन्जी, ओकेक्युपिड र म्याच डटकम सञ्चालन गर्छ । सन् २०२१ को दोस्रो त्रैमासिकमा कोभिड खोपको फैलिँदो उपलब्धताबाट कम्पनीले फाइदा लिए पनि सन् २०२२ मा त्यही किसिमको उत्साह नदेखिएको कम्पनीले जनाएको छ ।
म्याच ग्रुपका अनुसार गत वर्षभन्दा पछिल्लो त्रैमासिकमा १२ प्रतिशतले राजस्व बढेर ७९ करोड ५० लाख डलर पुगेको छ । तर यो अनुमान गरिएको ८० करोड र ८१ करोडको बीचको तथ्यांकभन्दा कम हो । आम्दानीबारे छलफलका लागि बुधबार बोलाइएको बैठकमा म्याच ग्रुपका प्रमुख वित्तीय अधिकृतले टिन्डरको सोचेभन्दा कम राजस्वको अर्थपूर्ण नकारात्मक असर कुल कम्पनीको मार्जिनमा पर्ने बताए । ग्रुपको लागि टिन्डर फलिफाप हुँदै आएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- दुई हजार १० अंकमा खुम्चियो सेयर बजार
- पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक
- चिनियाँ क्यासिनो सञ्चालक बैंककमा पक्राउ
- युरोपमा खडेरी : नदी सुक्न थाले, माछासहित कृषि उत्पादन प्रभावित
- श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने
- औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन
- बजार परिसूचक दुई हजार ३७ दशमलव ९२ विन्दुमा
- माछापुच्छ्रे बैंकद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल–पे क्यूआर कोड हस्तान्तरण
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया