Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियक्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता

क्युबाको तेल भण्डारणमा चट्याङ पर्दा ८० जना घाइते, १७ अग्निनियन्त्रक बेपत्ता


हवाना । शनिबार मातान्जास सहरस्थित तेल भण्डारण केन्द्रमा चट्याङ लागेर आगलागी हुँदा करिब ८० जना घाइते भएका छन् भने १७ जना अग्निनियन्त्रकहरू बेपत्ता भएका छन् । सीबीएस न्युजले ऊर्जा तथा खानी मन्त्रालयलाई उद्धृत गर्दै अग्निनियन्त्रकहरूले अझै पनि माटान्जास सुपरट्यांकर बेसमा आगो निभाउने प्रयास गरिरहेका बताएको छ ।

शुक्रबार राति सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रण हुनसकेको छैन । यसैबीच सरकारले सबै प्रकारका घरेलु उयाय अवलम्बन गरे पनि नियन्त्रण गर्न नसकेपछि तेल भण्डारण बारे अनुभव भएका मैत्री देशहरूबाट अग्निनियन्त्रण विज्ञहरूको मद्दत मागेको छ । आगलागीको आसपासको क्षेत्रलाई नियन्त्रणमा लिन सेनाले हेलिकप्टरबाट पानी खसाल्दै आगो निभाउँने प्रयास गरिरहेको छ ।

मातान्जासका अग्निनियन्त्रक प्रमुख रोबर्टो डे ला टोरेले भने अनुसार अग्नि नियन्त्रकहरूले आगो फैलिनबाट रोक्नको लागि ट्याङ्कीहरूलाई चिसो राख्न प्रयास गरिरहेका छन् । मातान्जासको प्रान्तीय सरकारको फेसबुक पेजले घाइतेको संख्या ७७ पुगेको र १७ जना बेपत्ता रहेको उल्लेख गरेको छ ।

घाइते मध्ये सात जनालाई हवानाको क्यालिक्सटो गार्सिया अस्पतालमा लगिएको बताइएको छ । क्युबाले इन्धन अभावको सामना गरिरहेको बेला यस्तो घटना भएको हो । यद्यपि घटनाको विस्तृत विवरण र क्षति भने अझै एकीन गर्न सकिने अवस्था छैन । रासस/एएनआई्


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया