Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा एक दिनमा १६ हजार बढी संक्रमित

भारतमा एक दिनमा १६ हजार बढी संक्रमित


नयाँ दिल्ली ।  भारतमा कोरोना भाइरसबाट एक दिनमा थप १६ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार एक सय ६७ नयाँ संक्रमित भएका हुन् ।

यसैसँगै भारतमा हाल कुल संक्रमतिको संख्या चार करोड ४१ लाख ६१ हजार आठ सय ९९ संघीय स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको छ । भारतमा दैनिक संक्रमितको संख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक लाख ३६ हजार पाँच सय १० रहेको छ ।

यहाँ कोरोना संक्रमणबाट बितेको २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार सात सय ३० व्यक्तिको मृत्यु भईसकेको छ । भारतमा आइतबार एक दिनमा १५ हजार पाँच सय ४९ जना कोरोनामुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३४ लाख ९९ हजार छ सय ५९ जना कोरोनामुक्त भएका छन् ।

एउटै अवधिमा नयाँ संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५६ लाख ५४ हजार सात सय ४१ मात्रा खोप लगाइएको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसमम ८७ करोड ८० लाखभन्दा बढी व्यक्तिको कारोना भाइरस परीक्षण भएको जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया