Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने

४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने


ढाका । बंगलादेशले केही भुटानी वस्तुलाई बजार पहुँच दिने भएको छ । बंगलादेशले ४३ प्रकारका भुटानी वस्तुलाई बजार पहुँच दिने प्रस्ताव गरेको नेशनल बोर्ड अफ रेभेन्यु (एनबीआर)ले जनाएको छ ।

बंगलादेश र भुटानबीच व्यापार सौविध्य सम्झौता भएको छ । दुई वर्षअघि सम्झौता भए पनि एनबीआरले बल्ल यस्तो प्रस्ताव गरेको हो । यसले दुवै देशको व्यापार बढ्ने आकलन गरिएको छ । ४३ प्रकारका वस्तुहरुमा दूध, प्राकृतिक मह, गहुँको पीठो, जाम, फलफूल, जेली, सिमेन्ट क्लिंकर, पोर्टल्यान्ड सिमेन्ट, पार्टिकल बोर्ड वुड, फेरो सिलिकन, रड र काठे फर्निचरलगायत छन् ।

यी वस्तुको बंगलादेशले भन्सार शुल्क, आपूर्ति शुल्क र नियामकीय शुल्क नलिने बताएको छ । तर आयातकर्ताहरुले भने मूल्यअभिवृद्धि कर र अन्य करहरु तिर्नुपर्नेछ । आपूर्ति कर लाग्ने वस्तुमा भने घरेलुस्तरमै समान एसडी तिर्नुपर्नेछ । यो व्यापारसौविध्य तत्काल लागू भएको पनि एनबीआरले जनाएको छ ।

सम्झौताअनुसार बंगलादेशले ९० स्थानीय उत्पादनमा यो वर्षको जुलाई १ देखि नै निर्यात शुल्कमा फाइदा असुलेको छ । प्रक्रियागत कठिनाइले केही समयपछि मात्र भुटानले यस्तो सुविधा पाएको बंगलादेशी मिडियाले जनाएका छन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया