Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहोन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक

होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक


नयाँ दिल्ली । दुई पांग्रे सवारी निर्माता होन्डाले सीबी३००एफ भारतमा सार्वजनिक गरेको छ । होन्डा मोटरसाइकल एन्ड स्कुटरले अल न्यु होन्डा सीबी३००एफ भारतीय बजारमा सार्वजनिक गरेको हो ।

भारतमा यसको मूल्य २.२६ लाख भारु राखेको छ । यसका दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्लस भारतमा सार्वजनिक गरिएको हो । डीएलएक्स प्रोको मूल्य भने २.२९ लाख भारु राखिएको भारतीय मिडियाले जनाएका छन् ।

तीन रंगमा भारतीय बजारमा आएको यो मोटरसाइकल म्याट एक्सिस ग्रे मेटालिक, म्याट मार्वेल ब्ल्यू मेटालिक र स्पोर्ट्स रेडमा उपलब्ध छ । होन्डा सीबी३००एफमा एलईडी हेडल्याम्प, होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल (एचएसटीसी), भी आकारको अलोय ह्विल्स, डुअल च्यानल एबीएस र स्मार्टफोन कनेक्टिभिटीजस्ता फिचर छन् ।

यसमा पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्ट, टेपरेड ह्यान्डलबार र वाइड रेडियल रियर टायर छ । यसमा २७६ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक छ । यसमा २९३ सीसीको इन्जिन रहेको छ भने ४ भल्भ, आयल कुल्ड, एसओएचसी छ। यसको अधिकतम टर्क क्षमता २५.६ एनएम छ । ६ स्पिड गियरबक्स रहेको बाइकमा स्लिप र असिस्ट क्लच प्रणाली छ । बजारमा यसको प्रतिस्पर्धा केटीएम ३९० ड्युक, बीएमडब्ल्यु जी ३१० आरलगायतसँग हुनेछ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया