Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमस्कले बेचे ७९ लाख कित्ता सेयर

मस्कले बेचे ७९ लाख कित्ता सेयर


अमेरिका । विश्वका धनी इलोन मस्कले चर्चित अमेरिकी विद्युतीय कार निर्माता टेस्लाको ७९ लाख कित्ता सेयर बिक्री गरेका छन् । झण्डै ८० लाख कित्ता सेयर बिक्री गरेर उनले ६ अर्ब ९० करोड अमेरिकी डलर संकलन गरेका छन् ।

अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा मंगलबार पेस गरिएको कागजातबाट गत शुक्रबार मस्कले सेयर बिक्री गरेको विवरण बाहिर आएको हो । अप्रिलयता मस्कले टेस्लाको सेयर बिक्री गरेको पहिलोपटक हो । त्यतिखेर उनले ९६ लाख कित्ता सेयर बिक्री गरी आठ अर्ब ५० करोड डलर उठाएका थिए । अप्रिलमा ट्विटर किन्ने सम्झौता हुँदा उनले बिक्री गरेका थिए ।

तर एक महिनाअघि मात्रै उनले ट्विटर नकिन्ने बताएका थिए । उनले ट्विटरमा रहेका झूटा खाताबारे विवरण नदिएको भन्दै नकिन्ने बताएका थिए । त्यसयता मस्क र ट्विटरबीच कानुनी विवाद सुरु भएको छ । अप्रिलमा सेयर बिक्री गर्दा मस्कले अब अरु सेयर बिक्री नगर्ने बताएका थिए । यो वर्ष ट्विटरको सेयर मूल्यमा झण्डै २० प्रतिशत कमी आएको छ । तर पछि १४ प्रतिशतले उकालो समेत लागेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया