अमेरिका । यो एउटा जिज्ञासा हो जसले केही वैज्ञानिलाई रातभर जागा राख्छ : के माकुराहरू निदाउँछन् ? डानिएला रोस्लर र उनका सहकर्मीहरूले माकुराका साना बच्चामा गरेको अनुसन्धानबाट माकुरा पनि मानवजस्तै केही क्षण निदाउने गरेको पत्ता लागेको छ ।
भिडियो क्यामराको सहयोगमा गरिएको अनुसन्धानले निद्राको चक्रमा जस्तै माकुराका आँखा झिलमिल भएका र त्यसलाई निद्राको एक चरणका रूपमा वर्णन गरेको छ । आँखाका भागमा देखिएको झिलिमिलीयुक्त त्यस्तो ढाँचालाई निद्राको सक्रिय चरण भएको निष्कर्षमा डानिएला र उनको टोली पुगेको छ । त्यसलाई मानवको निद्राजस्तै भएको उनीहरूले बताएका छन् । उज्यालो देखिनुको सम्बन्ध सपनासँग रहेको उनीहरूको निचोड छ ।
अनुसन्धानबाट केही चरा र स्तनपायीसहित अन्य जनावरले निद्राको अनुभव गरेका देखाइएको छ यद्यपि माकुराले पनि त्यस्तै प्रकृतिको निद्रा अनुभव गरेनगरेको यकिनका साथ भन्न नसकिने जर्मनीको जर्मनीको कन्स्टान्ज विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक रोस्लरले बताउनुभएको छ । अनुसन्धानको निष्कर्ष प्रसिडिङ्स अफ साइन्सेज जर्नलमा छापिएको छ ।
प्रयोगशालाको कन्टेनरमा राति रेशमको धागोमा माकुरा झुण्डिएका फेलापरेपछि निद्राको प्रश्नमा केही समाधान भेटिएको डानिएला बताउँछिन् । कुकुर वा बिरालाले झै घुँडा टेकेर सुतेको स्पष्ट देखिए पनि निद्राको चक्र मानव र माकुरामा समान भएको उनको ठहर छ । माकुराको निद्राको चक्र अन्य जीवसँग तुलाना गर्न कठिन हुने उनको कथन छ । हार्वर्ड विश्वविद्यालयका विकासवादी जीव वैज्ञानिक पनि डानिएलाको भनाइप्रति सहमत छन् । रासस/एपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेसनल एजुकेसनबीच समझदारी
- मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच समझदारी
- ज्योति विकास बैंकको नाफा १५ करोड २४ लाख
- कुमारी बैंकको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
- नेपाल एसबीआई मर्चेन्टमा एसईई दिएका विद्यार्थीलाई छुट
- पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने
- नेपाल इन्भेस्टमेन्ट बैंकले दुई लाख ५५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने
- बिलबिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया