Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे

श्रीलंकाका भगौडा पूर्वराष्ट्रपति राजापाक्षे थाइल्यान्ड पुगे


कोलम्बो । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपु-याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ । ‘श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्’, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भने ।

‘यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौं । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन, र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ’, कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान–ओ–चालाई उद्धृत गरी लेखेको छ ।

थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् । ‘श्रीलंका सरकारले भ्रमणको विरोध गरेको छैन र थाई सरकारले उहाँको लागि आवासको व्यवस्था गरेको छैन’, प्रमुदविनाईले भने, ‘कार्यवाहक राष्ट्रपति रानिल विक्रमासिंघेले सत्तामा रहँदा आफ्ना लागि काम गरेकाले यो भ्रमणले कोलम्बोसँग द्वन्द्व निम्त्याउने छैन ।’ कोलम्बो गजेटका अनुसार मन्त्रीले राजापाक्षको बसाइले थाइल्याण्डका लागि समस्या सिर्जना गर्न नहुने शर्त रहेको बताएका छन् ।

माल्दिभ्सपछि थाइल्याण्ड दोस्रो दक्षिणपूर्वी एसियाली देश हुनेछ, जहाँ राजापाक्षले गत महिना आफ्नो टापु राष्ट्रबाट भागेर अस्थायी शरण लिएका छन् । यसअघि श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेको भिसा मान्य नभएपछि आगामी अगष्ट ११ मा सिंगापुरबाट बैंकक जाने कार्यक्रम तय भएको थियो । माल्दिभ्सबाट गत महिना सिंगापुरको चांगी विमानस्थलमा आइपुग्दा पूर्वराष्ट्रपतिलाई १४ दिने भ्रमण पास दिइएको थियो तर पछि यसलाई बढाएर थप दुई हप्ताका लागि बस्न अनुमति दिएको थियो ।

श्रीलंकाको संसद्का सभामुख महिन्दा यापा आबेवर्दनाले गत जुलाई १५ मा राजापाक्षेको राजीनामा घोषणा गरेका थिए । राजापाक्षेको राजीनामापछि रानिल विक्रमासिंघेले जुलाई २१ मा श्रीलंकाको संसद्मा प्रधानन्यायाधीश जयन्था जयसूर्यासमक्ष राष्ट्रपतिपदको शपथ लिएका थिए । यसैबीच राजापाक्षले बिहीबार नै सिंगापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेको बताइएको छ । उनलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् ।

यसैबीच राजापाक्षले बिहीबार नै सिंगापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गरेको बताइएको छ । उनलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् । रासस/सिन्ह्वा 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया