Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारखशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

खशोग्गीका पूर्ववकिल युएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर


यूएई । साउदी पत्रकार जमाल खशोग्गीका पूर्व अमेरिकी वकिललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै जरिवाना गरिएको छ । तर संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले उनको जेल सजाय उल्ट्याएको छ । असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ । अबुधाबीको सम्पत्ति शुद्धीकरण तथा कर छलीमामिला नियमन गर्ने अदालतले गफूरको तीन वर्षको जेल सजाय खारेज गर्दै ५० लाख दिराम (१४ लाख अमेरिकी डलर) जरिवाना तिराएर देश निकाला गर्ने आदेश दिएको छ ।

गफूरलाई गत महिना दुबई विमानस्थलमा ट्रान्जिट गर्दै गर्दा पक्राउ गरेपछि जेल सजाय र ३० लाख दिराम जरिवाना गरिएको थियो । गफूरका पूर्व सेवाग्राही तथा सहयोगी खशोग्गीको सन् २०१८ मा इस्तानबुलमा साउदी एजेन्टले हत्या गरेका थिए । संयुक्त अरब इमिरेट्स (युएई) मा भ्रष्टाचारको कर छली र शंकास्पद रकम स्थानान्तरणमा संलग्नताबारे अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरूले ‘सहयोगको अनुरोध’ गरेपछि संयुक्त अरब इमिरेट्स (युएई) मा यो मुद्दा दर्ता भएको डब्लुएएमले जनाएको छ ।

‘अभियुक्तहरूले आफ्नो स्रोत प्रमाणित नगरी विदेशमा पैसा पठाएर देशमा सम्पत्ति शुद्धिकरणसम्बन्धी अपराध गरेको पुष्टि भएको छ’, विज्ञप्तिमा भनिएको छ । अबुधाबीस्थित अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

जुलाईमा प्रारम्भिक सजाय सुनाएपछि अमेरिकी विदेश मन्त्रालयले गफूरलाई पक्राउ गर्न अनुरोध गर्न अस्वीकार गरेको थियो र यो मुद्दा खशोग्गीसँग उनको सम्बन्धसँग सम्बन्धित नदेखिएको बताएको थियो । बुधबारको सुनुवाइमा सहभागी भएका गफूरले निजी ल फर्म चलाउँछन् र खशोग्गीले स्थापना गरेको अधिकारवादी समूह ‘डेमोक्रेसी फर द अरब वल्र्ड’ नामका बोर्ड सदस्य हुन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया