Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारऔषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन

औषधिमाथिको प्रतिबन्ध मानवतामाथिको अपराध : युक्रेन


किभ । युक्रेनका स्वास्थ्य मन्त्रीले रुसी अधिकारीहरूले अत्यावश्यक औषधिमाथि प्रतिबन्ध लगाएर मानवता विरुद्धको अपराध गरेको आरोप लगाएका छन् । आफ्नो देशमाथि रुसले आक्रमण गरेदेखि औषधि जस्तो अत्यावश्यक क्षेत्र र सेवाको पहुँच माथि प्रतिबन्ध लगाएको र त्यो कार्य मानवता विरुद्धको अपराध भएको उनले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा बताएका छन् ।

स्वास्थ्यमन्त्री भिक्टर लिआस्कोले रूसी अधिकारीहरूले कब्जा गरेका शहरहरू र गाउँहरूमा जनतालाई राज्यले अनुदान स्वरूप उपलब्ध गराउँने औषधिहरूको प्रवाहमा समेत अबरुद्ध गरेको बताएका छन् ।

‘विगत छ महिनाको युद्धको अवधिमा रूसले मानवीय कोरिडोरहरूमा सहज आवतजावतको अनुमति दिएको छैन जसले गर्दा बिरामीहरूलाई अनुदानका औषधिहरू समेत उपलब्ध गराउन समस्या भएको छ’, मन्त्री लिआस्कोले यस्तो निन्दनीय कार्यलाई मानवताविरुद्धको अपराध र युद्ध अपराध भनेका छन् ।

युक्रेनी सरकारले क्यान्सर र अन्य दीर्घ रोगीहरूलाई अनुदानमा औषधि उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको छ। तर युद्ध सुरु भए यता अस्पताल र सडक लगायत अन्य थुप्रै पूर्वाधारको विनाशसँगै करिब ७० लाख मानिसको विस्थापनले यहाँको स्वास्थ्य प्रणालीलाई भताभुङ्ग बनाएको छ। मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठनले अगस्ट ११ सम्म अस्पताल र अन्य स्वास्थ्य सेवा सुविधाहरूमाथि चार सय ४५ पटक आक्रमण भएको बताएको छ । ती आक्रमणहरूमा ८६ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन्।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया