Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने

श्रीलंकाले चिनियाँ जासुस जहाजलाई हम्बनटोटा बन्दरगाहमा अनुमति दिने


कोलम्बो । श्रीलंकाले शनिबार चिनियाँ जहाज युआन वाङ–५ (जासुसी जहाज भनेर चिनिने) हम्बनटोटा बन्दरगाहमा रहन अनुमति दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । टाइम्स अनलाइनका अनुसार श्रीलंका सरकारले युआन वाङ–५ जहाजलाई शुक्रबार बन्दरगाहमा रहन स्वीकृति दिएको छ ।

‘युआन वाङ–५ अगस्ट  १६ मा हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाहमा आइपुग्नेछ । अगस्ट ११ मा सो विमान त्यहाँ आइपुग्ने बताइएको भए पनि भारतले राष्ट्रिय सुरक्षा चासो देखाउँदै आपत्ति जनाएपछि केही दिन ढिला भएको’ टाइम्स अनलाइनले जनाएको छ ।

यसअघि चिनियाँ जहाजले इन्धन भर्नका लागि अगस्ट ११ मा चीनद्वारा भाडामा लिएको हम्बनटोटा बन्दरगाहमा डक गर्ने र अगस्ट १७ मा छोड्ने कार्यक्रम थियो । यसैबीच श्रीलंकाको विदेश मन्त्रालयले हम्बनटोटा बन्दरगाहमा उक्त जहाजको अगमनलाई ढिलाइ गर्न कोलम्बोस्थित चिनियाँ दूतावासलाई पत्राचार गरेको बताइएको छ ।

हालै नोम पेन्हमा भएको द्विपक्षीय बैठकमा दुवै देशका विदेशमन्त्री अली साब्री र वाङ यीले दुवै देश बीचको हार्दिक द्विपक्षीय सम्बन्धमाथि प्रकाश पारेका थिए । यता भारतले उक्त विमानलाई जासुसी विमानको रूपमा लिँदै यसले भारतीय सुरक्षा संवेदनशीलताको प्रश्न उठाएको छ । यद्यपि चीनले भने यसलाई अनुसन्धान र सर्वेक्षण जहाजको रूपमा विकास गरिएको दाबी गरेको छ । सो विमान सन् २००७ मा निर्माण गरिएको हो र यसले ११ हजार टन भारवहन क्षमता राख्छ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया