Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक

पाकिस्तानको आर्थिक पुनरुत्थान निरन्तर : केन्द्रीय बैंक


इस्लामावाद । पाकिस्तानको केन्द्रीय बैंकले पाकिस्तानी आर्थिक पुनरुत्थानले निरन्तरता पाएको जनाएको छ । सन् २०२१ को जुलाईदेखि डिसेम्बरसम्म, देशमा ठूलो परिमाणमा उत्पादनले व्यापकता लिएको फेडरल बोर्ड अफ रेभेन्यूको कर संकलनमा वृद्धिसँगै निर्यात उत्साहजनक भएको र खरीफ (पाकिस्तानमा मनसुन को रोपाईको मौसम) बालीहरूले उच्च उत्पादन रेकर्ड गरेको एसबीपीले शुक्रबार जारी गरेको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि बहुवर्षीय उच्च विश्वव्यापी वस्तुको मूल्यको बीचमा, बढ्दो मुद्रास्फीति र चालू घाटाले पाकिस्तानी अर्थतन्त्रलाई चुनौती खडा गरेको एसबीपीले जनाएको छ । यी दबाबहरूले मागलाई कम गर्न अन्य नियामक उपायहरूको बीचमा मौद्रिक कडाइको आवश्यकता छ ।

कोभिड–१९ को सुधारिएको अवस्था र सशक्त खोप अभियानले ठूलो मात्रामा निर्बाध आर्थिक गतिविधिका लागि मार्ग प्रशस्त गरेको प्रतिवेदनमा उल्लेख छ । केही क्षेत्रहरूमा कर कटौती, संघीय र प्रान्तीय विकास खर्चमा विस्तार, उच्च गैर–ब्याज चालू खर्चसहित वित्तीय उपायहरूले पाकिस्तानको आर्थिक वृद्धिलाई सहयोग पु¥याएको छ ।

यस अवधिमा निजी क्षेत्रको कर्जा वार्षिक रूपमा करिब चार गुणाले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । यो मुख्यतया बढ्दो आन्तरिक माग, उच्च निर्यात, साथै विश्वव्यापी वस्तुको मूल्य वृद्धि र आर्थिक वर्षको पहिलो छ महिनामा घरेलु थोक मूल्यमा आएको उछालका कारण बढेको कार्यशील पूँजीको आवश्यकताका कारण भएको प्रतिवेदनमा उल्लेख छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया