Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा उत्पादन मूल्य बढ्यो

चीनमा उत्पादन मूल्य बढ्यो


बेइजिङ । चीन सरकारले अनुगमन गरेका अधिकांश पुँजीगत वस्तुमा यस वर्षको जुलाईको अन्त्यको तुलनामा अगस्टमा उच्च मूल्यवृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार सरकारले अनुगमन गरेका ५० प्रमुख वस्तुमध्ये २७ वटाको मूल्य वृद्धि भएको छ भने २० वटामा कम मूल्य मापन गरिएको छ ।

अनुगमन गरिएका वस्तुहरूमध्ये, खाना पकाउने प्राकृतिक ग्यासमा जुलाईको अन्त्यदेखि मूल्य ६.७ प्रतिशतले वृद्धि भएको छ, जब कि सल्फ्यूरिक एसिड (९८ प्रतिशत) को मूल्यमा २८.२ प्रतिशतको तीव्र गिरावट देखिएको छ । अगष्टको सुरुमा सुंगुरको मासुको मूल्य १.४ प्रतिशतले बढेर प्रतिकिलो २१.५ युआन (करिब ३.२ अमेरिकी डलर) पुगेको थियो । प्रत्येक १० दिनको अन्तरालमा सार्वजनिक गरिने यो अनुगमन विवरण ३१ प्रान्तीय स्तरका क्षेत्रका करिब दुई हजार थोक बिक्रेता र वितरकको सर्वेक्षणमा आधारित तथ्यांक हो । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया