Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारविदेशीका लागि आंशिक रुपमा खुल्यो रुसी विनिमय बजार

विदेशीका लागि आंशिक रुपमा खुल्यो रुसी विनिमय बजार


मस्को । द मस्को एक्सचेन्ज आंशिक रुपमा विदेशी लगानीकर्ताका लागि खुलेको छ । युक्रेनमाथि एकतर्फी युद्ध थालेयता झण्डै छ महिनापछि सोमबार बजार आंशिक रुपमा खुलेको हो ।

योसँगै रुसको खेमामा रहेका ‘सहयोगी’ देशका लगानीकर्ताका लागि ट्रेड बन्ड खुल्ला भएको रुसले जनाएको छ । आफ्नो अर्थतन्त्रमा प्रतिबन्ध लादेका धेरै देशका लगानीकर्ताका लागि भने बजार नखुलेको बताइएको छ । रुसले गत फेब्रुअरीमा युक्रेनमा युद्ध थालेयता देशबाट मुद्रा विदेशिन प्रतिबन्ध लगाएको थियो । एक वक्तव्यमा मस्को एक्सचेन्जले भनेको छ, ‘हाम्रो बन्ड मार्केट हाम्रो पक्षमा उभिएका देशका लगानीकर्ताका लागि खुल्ला भएको छ । साथै जसको फाइदा रुसी कानुनी संस्था वा व्यक्तिले पाँउँछन् ।’

यी देशमा चीन र टर्की पर्नसक्छन् । किनकि यी देशले रुसविरुद्ध कुनै पनि किसिमको प्रतिबन्ध लगाएका छन् । यसबाहेक एक्सचेन्जले बैंक, ब्रोकर र लगानी व्यवस्थापन कम्पनीहरुले आफ्ना विदेशी ग्राहकलाई विनिमयसँगै रजिष्टर सेवा सुरु गरेको पनि जनाएको छ । २४ फेब्रुअरीमा युक्रेनमा युद्ध थालेको केही घण्टामै सेयर र ऋणपत्रबजार रुसले बन्द गरेको थियो । मार्चमा चरणबद्ध रुपमा रुसी सरकारले जारी गरेका ऋणपत्र सीमित मात्रामा खुल्ला गरिएको थियो ।

बन्ड मार्केट खुले पनि युरोपेली संघका देश, क्यानडा, जापालगायतका देशका लगानीकर्ताका लागि भने खुल्ला भएको छैन । यी सबै देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाइरहेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया