चीनसँग तनावका बीच अमेरिकाले ताइवानसँग औपचारिक व्यापार वार्ता गर्ने
वासिङटन । संयुक्त राज्य अमेरिकाले ताइवानसँग औपचारिक द्विपक्षीय व्यापार वार्ता गर्ने घोषणा गरेको छ । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादित भ्रमणको केही हप्ता नबित्दै अमेरिकाले यस्तो घोषणा गरेको हो ।
यसअनुसार पहिलो चरणको छलफल चाँडै हुने अफिस अफ यूएस ट्रेड रिप्रेजेन्टेटिभले जनाएको छ । वार्तामा व्यापार सुविधा, डिजिटल व्यापारलगायत विषयहरु समावेश हुनेछन् । पेलोसीको भ्रमणपछि चीन–अमेरिका तनाव बढिरहेको छ । २१औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान इनिसिएटिभ जुनमा सार्वजनिक गरिएको थियो । दुवै पक्षले यसमा सहमतिको लागि छलफल गर्ने बताइसकेका छन् । सन् २०२० मा ताइवान र अमेरिकाबीच झण्डै १०६ अर्ब डलरको व्यापार भएको भएको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन
- श्रीमतीको हत्या अभियोगमा पक्राउ
- बसले ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय युवाको मृत्यु
- उपप्रधानमन्त्री खड्का घाना प्रस्थान
- नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा छानबिन गर्न माग
- वीर अस्पातलको निर्देशकमा डा. श्रवण कुमार थापा
- नागरिक उड्डयन प्राधिकरणद्वारा ५ सदस्यीय कमिटी गठन
- अपाङ्गता भएका व्यक्तिले सम्मानीत जीवन बाँच्न पाउनु पर्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- पत्रपत्रिका बन्द गराउन प्रधानमन्त्री प्रचण्डको निर्देशन !
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया