अमेरिकामा ब्याजदर बढ्ने डरमा एसियाली सेयरबजार
काठमाडौं।एसियाली सेयरबजार ओरालो लागेका छन् । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरवृद्धिलाई निरन्तरता दिने बताएसँगै एसियाली सेयरबजारमा डर देखिएको हो । अमेरिकामा अहिले चरम महंगी छ । त्यसलाई रोक्न फेडेरल रिजर्भले ब्याजदर बढाउँदै आएको छ ।
फेड प्रमुख जेरोमी पवेलले केन्द्रीय बैंकको नीतिले केही परिवार र व्यवसायलाई असर गर्नसक्ने चेतावनी दिएका छन् । उच्च ब्याज हुँदा व्यक्ति र कम्पनीलाई सापटी महंगो हुने हुन्छ । यसले आर्थिक वृद्धि र महंगीलाई भने केही सुस्त पार्छ ।
जापानको निक्की २२५ सोमबार २.७ प्रतिशतले घटेको थियो । एसिया प्रशान्त क्षेत्रमा दक्षिण कोरियाको कोस्पी र अस्ट्रेलियाको एएसएक्स २०० दुवै दुई प्रतिशत हाराहारीले घटेका थिए भने हङकङको हाङसेङ शून्य दशमलव आठ प्रतिशतले ओरालो लागेको थियो । न्युयोर्कका मुख्य सूचकहरु शुक्रबार पवेलको चेतावनीसँगै तीन प्रतिशतभन्दा धेरैले घटेका थिए । विमिङको ज्याक्सन होलमा भएको एक सम्मेलनमा पवेलले आफ्नो धारणा राखेका थिए ।
सो क्रममा उनले फेडले ब्याजदर वृद्धिलाई निरन्तरता दिने बताएका थिए । यो आगामी महिनाहरुमा निरन्तर बढ्ने उनको भनाइ थियो । यसले अमेरिकी घरपरिवार र व्यवसायलाई समेत प्रभावित पार्ने उनले चेतावनी दिएका थिए । अहिले अमेरिकामा चार दशकयताकै चर्को मूल्यवृद्धि छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया