Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारगौतम अदानी विश्वकै तेस्रो धनी

गौतम अदानी विश्वकै तेस्रो धनी


नयाँ दिल्ली । भारतका धनाढ्य गौतम अदानी विश्व धनी वरीयतामा तेस्रो नम्बरमा पुगेका छन् । टप–३ मा पुग्ने उनी एसियाबाट पहिलो व्यक्ति हुन् । कलेज छाडेर व्यवसाय रोजेका उनी पछिल्लो समय निरन्तर उकालोयात्रामा छन् । ब्लुमबर्गको अर्बपति सूचकांकले अदानी विश्वकै तेस्रो ठूलो धनी बनेको जनाएको छ । टप ३ मा एसियाका भारतकै मुकेश अम्बानी र चीनका ज्याक मा समेत पुग्न सकेका थिएनन् ।

अदानीसँग १ खर्ब ३७ अर्ब ४० करोड अमेरिकी डलर सम्पत्ति रहेको ब्लुमबर्गले जनाएको छ । उनले फ्रान्सका बर्नार्ड आर्नोलाई उछिनेका छन् भने इलोन मस्क र जेफ बेजोसलाई पछ्याइरहेका छन् । उनी ६० वर्षका धनी हुन् । उनको कोइलादेखि बन्दरगाहसम्मको व्यवसाय छ । भर्खरै उनले भारतको चर्चित मिडिया एनडीटिभी खरिद गरेका थिए । भारतमा निजी क्षेत्रको ठूलो बन्दरगाह र विमानस्थल सञ्चालनमा उनको लगानी छ ।

अस्ट्रेलियामा कोइलाखानी रहेका अदानीको व्यवसायलाई वातावरणवादीले आलोचना गरे पनि उनले हरित ऊर्जामा ७० अर्ब डलर लगानी गर्ने घोषणा गरेका छन् । सन् २०२२ मा मात्रै उनको सम्पत्ति ६० अर्ब ९० करोड डलरले बढेको छ । गत फेब्रुअरीमा मात्रै उनले अम्बानीलाई एसियाको धनीबाट विस्थापित गरेका थिए । त्यसपछि अप्रिलमा उनी सेन्टिबिलेनियर (सय अर्ब डलरका मालिक) बनेका थिए । उनले माइक्रोसफ्ट कर्पका बिल गेट्सलाई उछिन्दै चौथो धनी व्यक्ति बनेका थिए ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया