दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख भारु पुरस्कार
भारत । भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतंकवादी’ दाउद इब्राहिम र उनका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।
एनआईएले १८ अगस्ट २०२२ मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा प्रस्ताव १२६७ अन्तर्गत संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय आतंकवादी’ घोषित गरेको र भारतको गैर–कानुनी गतिविधि ऐन १९६७ को चौथो अनुसूचीअन्तर्गत सूचीकृत दाउद इब्राहिमले डी–कम्पनी नामको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल चलाइरहेका छन् ।’
विज्ञप्तिमा भनिएको छ, ‘इब्राहिम र उनका अन्य सहयोगीहरू विभिन्न आतंकवाद, हतियार तस्करी, लागुऔषध कारोबार, आपराधिक संगठन सञ्चालन, सम्पत्ति शुद्धिकरण, जाली भारतीय नोट (एफआईसीएन) को प्रचलन, अनधिकृत रूपमा कब्जा र आतंकवादी धन संकलनका लागि प्रमुख सम्पत्तिहरू प्राप्त गर्ने जस्ता आपराधिक गतिविधिहरूमा संलग्न छन् र लश्कर–ए–तैएबा, जैश–ए–मोहम्मद, र अल कायदासहित अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँग सक्रिय सहकार्यमा काम गरिरहेका छन् ।’
एनआईएले सूचना दिने व्यक्ति वा संस्थाको सुरक्षाको लागि सुनिब्चितता गर्दै उनीहरूको नाम सार्वजनिक नगरिने पनि बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया