Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारहुवावेका नयाँ फोनमा आफ्नो एप नचलाउन गुगलको आग्रह

हुवावेका नयाँ फोनमा आफ्नो एप नचलाउन गुगलको आग्रह


अमेरिका, फागुन १५

इन्टरनेटमा खोजी गर्ने कम्पनी गुगलले आफ्नो एपहरु प्रतिबन्धित हुवावेका नयाँ मोबाइल फोनमा नचलाउन मोबाइल प्रयोगकर्तालाई आग्रह गरेको छ । चिनियाँ स्मार्टफोन निर्माता हुवावेले उत्पादन गरेका पछिल्ला फोनहरुमा गुगलका एपहरु जिमेल, युट्युब, प्लेस्टोरहरु चल्दैनन् । तर एन्ड्रोइड फोनहरुले अप्रमाणीकृत स्रोतबाट ती एप पनि डाउनलोड गर्न अनुमति दिन्छ । सोही कारण गुगलले त्यसरी एपहरु साइडलोडिङ गर्दा उच्च जोखिमपूर्ण हुने चेतावनी दिएको हो । सीसीएस इन्साइटका विश्लेषक बेन वुडका अनुसार गुगलले त्यसरी सार्वजनिक चेतावनी दिनु जायज छ । सन् २०१९ को मेदेखि आफ्नो एप हुवावेका फोनमा चल्न नदिने कम्पनीले निर्णय गरेको थियो ।

अमेरिकी सरकारले चिनियाँ कम्पनीलाई कालोसूचीमा राख्दै अमेरिकी कम्पनीलाई हुवावेसँग कारोबार नगर्न भनेको थियो । गुगलले अहिले एन्ड्रोइड फोन अपरेटिङ सिस्टमको पनि स्वामित्व लिएको कारण हुवावेका एन्ड्रोइड फोनमा समेत असर गरेको हो । गुगलले पछिल्लो घटनाक्रमलाई लिएर आधिकारिक सल्लाह सार्वजनिक गर्ने तयारी गरेको छ । यो मामिलामा अमेरिकी सरकार र हुवावे संलग्न भए पनि गुगल प्रत्यक्ष संलग्न छैन । हुवावेकै पुराना फोनमा भने गुगलका सबै एपहरु चलिरहेका छन् । तर नयाँ फोनलाई भने प्रमाणीकरण गर्न नसकिने कम्पनीले जनाएको छ । हुवावेले भने अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । यसबारे आरोप हैन प्रमाण ल्याएर पुष्टि गर्न समेत उसले बारम्बार भन्दै आएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया