Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलोयड्स र डिरेक्ट लाइनले सयौ“ रोजगारी कटौती गर्ने

लोयड्स र डिरेक्ट लाइनले सयौ“ रोजगारी कटौती गर्ने


बेलायत, फागुन १५

बेलायती बैंकिङ समूह लोयड्स र इन्स्योरेन्स कम्पनी डिरेक्ट लाइनले सयौँ रोजगारी कटौती गर्ने भएका छन् । लोयड्सले ७ सय ८० जनाको पूर्णकालीन रोजगारी कटौती गर्ने घोषणा गरिसकेको छ । चालू वर्षभित्र उक्त रोजगारी कटौती हुनेछ । कम्पनीले ग्राहक सेवाका, परामर्शदातृ र ब्रान्च मेनेजरहरुको रोजगारी कटौती गर्ने भएको हो ।

त्यस्तै डिरेक्ट लाइनले ८ सय रोजगारी कटौती गर्ने बताएको छ । कम्पनीले सन् २०२१ र २२ मा उक्त संख्यामा रोजगारी कटौती गर्नेछ । एक हप्ताअघि लोयड्सले करिब साढे ४ अर्ब पाउन्ड करअघिको नाफा घटेको प्रतिवेदन सार्वजनिक गरेको थियो । यो ग्रुपभित्र लोयड्स, हालिफ्याक्स र बैंक अफ स्कटल्यान्ड समावेश छन् । यो वर्षको सुरुतिरै कम्पनीले कतिपय शाखा बन्द गर्ने घोषणा गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया