पाकिस्तानमा बाढीले थप ५७ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ५७ जनाको मृत्यु हुनुका साथै सात हजार छ सय ८३ जना घाइते भएका राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले जनाएको छ ।
एनडीएमएले शुक्रबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार बाढीका कारण देशभर भएका विभिन्न दुर्घटनामा परी कम्तीमा १७ बालबालिका र १८ महिलाको मृत्यु भएको छ । यो अवधिमा देशको दक्षिणी सिन्ध प्रान्तमा ३८ जनाको मृत्यु हुनुका साथै सात हजार दुई सय चार जना घाइते भएका छन् । बाढी र डुबानका कारण उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा १७ जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा दुई जनाको मृत्यु भएको छ ।
वर्षाका कारण पूर्वी पञ्जाब प्रान्तमा चार सय ७१ जना घाइते भएका छन् । त्यस्तै यो अवधिमा तीन लाख २० हजार छ सय ८० घर नष्ट भएका छन् भने तीन हजार सात सय ६६ पशुचौपाया नष्ट भएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया