बंगलादेशकी प्रधानमन्त्री हसिना र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता
नयाँदिल्ली । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार नयाँ दिल्लीमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखरसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवनमा शेख हसिनालाई स्वागत गर्दै राष्ट्रपतिले मुर्मुले भन्नुभयो, “हाम्रो साझा इतिहास, भाषा र संस्कृतिले हामीलाई एकअर्कासँग जोडेको छ, “राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।” सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा भारत र बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध निकै अगाडि बढेको राष्ट्रपति मुर्मुले उल्लेख गर्नुभयो ।
उहाँले दुई देशले बङ्गलादेशको स्वतन्त्रताको ५०औँ वर्ष र भारत–बङ्गलादेश द्विपक्षीय सम्बन्धको स्वर्ण जयन्ती मनाउने तरिका साँच्चिकै विशेष रहेको उल्लेख गर्नु भएको छ । यी ऐतिहासिक उत्सवहरूमा भाग लिन भारतका राष्ट्रपति र प्रधानमन्त्री दुवैको भ्रमणले भारतको ठूलो महत्व देखाउँछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
- विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान
- नेपालद्वारा साउदी अरेबिया छ विकेटले पराजित
- दुर्घटना अपडेटः गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो
- एन्फाका उपाध्यक्ष दावा लामा लागू औषध कारोवार गरेको आरोपमा पक्राउ
- आठ ओभरमा सीमित खेलमा नेपालविरुद्ध ब्याटिङ गर्दै साउदी अरेबिया
- गाजाको शरणार्थी शिविरमा आक्रमण : सात बालबालिकासहित १३ को मृत्यु
- अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया