Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कार चढ्नुहुन्छ ? बाँध्नुस् सिट बेल्ट

भारतमा कार चढ्नुहुन्छ ? बाँध्नुस् सिट बेल्ट


नयाँ दिल्ली । भारत सरकारले सडक यातायातका क्रममा कार तथा सबै सवारी साधनहरुमा सिट बेल्ट लाउनु अनिवार्य गरिएको जनाएको छ । कारको अगाडि बस्ने सबै जनाले सिट बेल्ट लाउनु अनिवार्य भएको नियम यहाँको केन्द्रीय सरकारले जनाएको छ ।

यदि कार तथा बसमा यात्रा गरिहेका व्यक्तिले सिट बेल्ट नलाएको पाइएमा उनीहरुलाई कडा कारबाही गरिने नियम पनि सरकारले ल्याएको जनाइएको छ । भारतीय केन्द्रीय सडक यातायात तथा राजमार्गमन्त्री नितिन गडकरीले सो नियम कडा रुपमा लागू गरिने बताएका हुन् । उनले भनेका छन्, ‘यससम्बन्धी विस्तृत सूचना चाँडै नै प्रकाशन हुनेछ, यो नियम भारतभरका लागि लागू हुनेछ ।’ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया