Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘इरानमा युरेनियमको भण्डारण अत्यधिक’

‘इरानमा युरेनियमको भण्डारण अत्यधिक’


भियना । इरानले सन् २०१५ मा भएको सम्झौताभन्दा १९ गुणा बढी युरेनियमको भण्डारण संव्िद्र्धत गरेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)ले जनाएको छ ।

इरानले सन् २०१५ मा विश्व शक्तिराष्ट्रसँग भएको सम्झौतामा उल्लिखित सीमाभन्दा बढी युरेनियम संवर्द्धन जारी राखेको संयुक्त राष्ट्रसंघीय आणविक निगरानी निकायले बुधबार जनाएको हो । आईएईएको रिपोर्टअनुसार २१ अगष्टसम्म इरानको मौज्दात अनुमानित तीन हजार नौ सय ४० किलोग्राम रहेको छ, जुन अघिल्लो त्रैमासिकको प्रतिवेदनको तुलनामा १३१.६ किलोग्राम बढी हो ।

आईएईएले इरानको आणविक कार्यक्रमको शान्तिपूर्ण प्रकृतिको प्रत्याभूति दिन नसक्ने बताउँदै अघोषित स्थलमा विगतको आणविक सामग्रीको उपस्थितिबारे उठेका प्रश्नको समाधानमा कुनै प्रगति नभएको बताएको छ । आईएईएले रिपोर्टमा भनेको छ, ‘इरानको आणविक कार्यक्रम शान्तिपूर्ण छ भनेर आश्वासन दिनसक्ने अवस्थामा नरहेको बताएको छ ।’ 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया