Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘हङकङ विश्वकै स्वतन्त्र अर्थतन्त्र भएको क्षेत्र’

‘हङकङ विश्वकै स्वतन्त्र अर्थतन्त्र भएको क्षेत्र’


हङकङ । फ्रेसर इन्स्टिच्युटले हङकङलाई विश्वकै स्वतन्त्र अर्थतन्त्र भएको क्षेत्रको वरीयतामा पहिलो नम्बरमा राखेको छ । हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले फ्रेसरको उक्त वरीयताको स्वागत गरेको छ ।

आफ्नो विश्व आर्थिक स्वतन्त्रता २०२२ वार्षिक प्रतिवेदनमा उक्त इन्स्टिच्युटले स्वतन्त्र रुपमा अन्तर्राष्ट्रिय व्यापार गर्ने मामिलामा हङकङले पहिलो स्थान पाएको जनाएको छ । वरीयताको लागि पाइने पाँच आधारमा नियमन पनि पर्छ । हङकङ सरकारका प्रवक्ताले व्यावसायिक वातावरण तयार पार्न सरकार लागिरहेको उल्लेख गरेका छन् । सन् १९९६ मा यो रिपोर्ट आउनथालेयता यो स्थान हङकङले मात्रै लिँदै आएको छ । यसले आर्थिक स्वतन्त्रतालाई मुख्य ध्यान दिन्छ । वैयक्तिक रुपमा पनि व्यावसायिक निर्णय आफैँ गर्न सकिने स्वतन्त्रता यहाँ पाइने गरेको छ । १६५ देश र क्षेत्रका संस्था र नीतिगत पक्षको यसले विश्लेषण गर्छ ।

अन्तर्राष्ट्रिय व्यापारका लागि नियमन, स्वतन्त्रताजस्ता सूचक, सरकारको आकार, कानुनी व्यवस्था र सम्पत्ति अधिकार, तथा सरकारी खर्च र कर प्रणालीबारे विविध मूल्यांकनपछि प्रतिवेदन तयार हुने गरेको बताइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया