Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचरम खडेरीले जिम्बाब्बेमा गम्भीर आर्थिक संकट : आईएमएफ

चरम खडेरीले जिम्बाब्बेमा गम्भीर आर्थिक संकट : आईएमएफ


एजेन्सीहरारे, फागुन १६

चार दशकयता देखिएको चरम खडेरीका कारण जिम्बावले यस वर्ष गम्भीर आर्थिक संकटको सामना गरेको अन्तर्राष्ट्रि«य मुद्रा कोषले बिहीबार चेतावनी दिएको छ । विशेषज्ञहरूले दक्षिणी अफ्रिकी उक्त मुलुकको भ्रमण गरेका र अधिकारीहरूसँग भेट गरेपछि आईएमएफ टोलीले उक्त चेतावनी जारी गरेको हो । जिम्बावेको अर्थव्यवस्थामा एक दशकभन्दा बढी गिरावट देखिँदै आएको र यहाँ नगद, इन्धन, औषधि र खानाको दीर्घकालीन अभाव देखिएको उक्त टोलीले बताएको हो । पसलहरूमा प्रमुख खाद्यान्नको रूपमा प्रयोग हुने मकै वा पोषणका अन्य प्रमुख स्रोतहरूको अभाव देखिएको छ । चालीस बर्षको अन्तरालमा देखिएको सबैभन्दा ठूलो खडेरीले दुःखलाई थप गरेको छ । देशको कूल जनसङ्ख्या एक करोड ५० लाखमध्ये करिब आधा जनसङ्ख्याले खाद्यान्न अभावको सामना गरिरहेको बताइएको छ ।

‘आइएमएफका कार्यकारी निर्देशकले जिम्बाब्वेले नीतिगत गलत कदम र जलवायु परिवर्तन दुबै कारण आर्थिक तथा मानवीय सङ्कट र सम्बन्धित पिडा भोगेको अध्ययनबाट देखिएको छ’, आईएमएफले बतायो । आईएमएफले सन् २०२० मा पनि खाद्यान्न उत्पादनमा कमी आउने अनुमान गरिएको र यस वर्ष खाद्यान्न उत्पादन वृद्धि हुने कुनै पनि सकेत नदेखिएकोले खाद्यान्न अभाव कायम रहने आईएमएफले उल्लेख गरेको छ । ‘सामाजिक खर्चमा महत्वपूर्ण अंशले वृद्धि हुने र यसले सामाजिक आवश्यकतालाई सम्बोधन गर्न नसक्ने देखिन्छ’, आइएमएफले भनेको छ, ‘आधिकारिक ऋणदाताहरुलाई ठूलो बाह्य खर्च तिर्नु पर्ने कारण जिम्बाब्वे अझै केही वर्ष ऋणको संकटमा रहन्छ ।’ सन् २०१७ मा रोबर्ट मुगाबेको स्थानमा राष्ट्रपति भएका र सन् २०१८ जुलाईमा निर्वाचित राष्ट्रपति भई आएका इमर्सन म्यानगाग्वा व्यावसायिक गतिविधिलाई पुनर्जीवित गर्ने, विदेशी लगानी आकर्षित गर्ने र सन् २०३० सम्म मध्यम आएको अर्थतन्त्रको ओहदा प्राप्त गर्ने वाचासाथ नेतृत्वमा रहेका छन् । उनलाई गत वर्ष भएको खडेरीले आफ्ना प्रतिज्ञालाई पूरा गर्न कठिनाइ भएको छ ।


क्याटेगोरी : विश्व बजार


तपाईको प्रतिक्रिया