Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु


कम्बोडिया । दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ । बैठकको उदघाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गरेका थिए । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनुपरेको उनले सो अवसरमा बताएका थिए ।

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डो-याउनुपर्नेमा उनले जोड दिएका थिए । त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, बहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उनले सुझाव दिएका थिए ।

सम्मेलनको अध्यक्षता गरेका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका थिए । आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतानम पर्दछन् ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया