Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारन्युयोर्कमा ८० हजार जना घरबारविहीन

न्युयोर्कमा ८० हजार जना घरबारविहीन


अमेरिका । अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबारविहीन रहेको पाइएको छ ।

झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई सेवा गर्दै आएको बोवेरी मिसनले सार्वजनिक गरेको विवरणमा न्युयोर्कका मात्रै ८० हजार मानिसको घर नरहेको देखिएको हो । सन् १९३० को दशक पछि पहिलो पटक घरबारविहीन भएकाहरूको संख्या यति धेरै देखिएको सो संस्थाका अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्क नगरको सामाजिक सेवा विभागले भने ५५ हजार ३३८ जना मात्रै घरबार विहीन रहेको जनाएको छ । विभागको वेबसाइटमा उल्लेखित ५५ हजार मध्ये १८ हजार भन्दा बढी बालबालिका रहेको उल्लेख गरिएको छ । घरबार विहीन रहेका सबैलाई अहिलेसम्म पनि अस्थायी शिविरमा राखेर सेवा दिइरहेको विभागले जनाएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया