Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनको पहिलो मंगल अन्वेषण अभियान सफल

चीनको पहिलो मंगल अन्वेषण अभियान सफल


बेइजिङ । चीनको पहिलो मंगल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले आइतबार जनाएको छ ।

सीएनएसएका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ । चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्यांक प्राप्त गरेको छ ।

तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन् । सन् २०२१ को मे १५ मा मंगलग्रहको विशाल मैदान युटोपिया प्लेनिटियामा चीनले पहिलो पटक पृथ्वीमा यान अवतरण गरेको थियो । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया