गुगलले झुक्किएर इन्जिनियरलाई पठायो साढे दुई लाख डलर
अमेरिका । एक जनाले गुगलबाट झण्डै साढे दुई लाख अमेरिकी डलर पाएका छन् । कम्पनीका लागि केही नगरे पनि गुगलले झुक्किएर उनलाई उक्त रकम पठाएको हो । त्यत्रो पैसा प्राप्त गर्ने ती व्यक्ति भने क्रिप्टोकरेन्सी कम्पनी युगा ल्याब्सका इन्जिनियर साम करी रहेको सीएनएनले जनाएको छ । उनले आफ्नो प्रामाणिक ट्विटर एकाउन्टमा यसबारे बताएका छन् ।
‘यो त्यस्तै तीन हप्ताजति भयो होला, गुगलले मलाई दुई लाख ४९ हजार नौ सय ९९ अमेरिकी डलर पटक पटक गरी पठाएको’, उनले भनेका छन्, ‘अब कसरी गुगललाई यसबारे भन्ने ?’ उनले ठट्टा गर्दै यदि यो पैसा फिर्ता चाहिँदैन भने पनि ठीकै छ त भनेका छन् ।
तर गुगलले भने त्यो रकम फिर्ता लिने प्रयास गरिरहेको छ । गुगलले एक वक्तव्यमा झुक्किएर गलत मान्छेकहाँ पुगेको जनाउँदै त्यसलाई फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया