Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारइरानले लेबनानलाई इन्धन दिने

इरानले लेबनानलाई इन्धन दिने


तेहरान । इरानी विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले आफ्नो देश लेबनानको ऊर्जा मागलाई सम्बोधन गर्न तयार रहेको बताएका छन् । अमिर अब्दुल्लाहियानले न्युयोर्कमा जारि संयुक्त राष्ट्र संघको ७७ औं महासभाको अवसरमा लेबनानी समकक्षी अब्दल्लाह बो हबिबसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् ।

भेटका क्रममा दुई पक्षबीच महत्वपूर्ण क्षेत्रीय तथा विश्वव्यापी मुद्दामा विचार आदानप्रदान हुनुका साथै द्विपक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको प्रतिवेदनले जनाएको छ । इरानका विदेशमन्त्रीले लेबनानले सामना गरिरहेको समस्या समाधान गर्न तेल र अन्य सहायता उपलब्ध गराउन आफ्नो देशको तत्परतामा जोड दिएका छन् ।

पछिल्ला महिनाहरूमा, लेबनानका लागि इरानी राजदूत मोजताबा अमानीले बारम्बार आफ्नो देश लेबनानलाई इन्धन सामग्री उपलब्ध गराउन तयार रहेको बताएका छन् । विदेशी मुद्रा सञ्चितिको कमीबाट सृजित समस्याले गर्दा लेबनानले लामो समयदेखि ऊर्जाको अभाव कम गर्न पर्याप्त तेल आयात गर्न सकिरहेको छैन ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया