Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारश्रीलंकाको नौसेनाद्वारा आठ भारतीय मछुवा पक्राउ

श्रीलंकाको नौसेनाद्वारा आठ भारतीय मछुवा पक्राउ


कोलम्बो । श्रीलंकाको जल क्षेत्रमा ‘अवैधरूपमा माछा मार्ने गरेको’ आरोपमा श्रीलंकाको नौसेनाले आठ भारतीय मछुवालाई पक्राउ गरेको छ ।

प्रहरीको विज्ञप्तिअनुसार सोमबार राति १० बजे जगदपट्टिनमबाट २२ नटिकल माइलको दूरीमा ती माछा मार्नेहरूलाई पक्राउ गरिएको हो । गत महिना श्रीलंकाको नौसेनाले १० भारतीय मछुवालाई पक्राउ गरेको श्रीलंकाको मछुवा संघले जनाएको छ ।

यसअघि तमिलनाडुको तटीय जिल्लाबाट डुङ्गामा यात्रा गरिरहेका नौ जना माछा मार्ने श्रीलंकाको जलक्षेत्रमा अतिक्रमण र माछा मारेको आरोपमा पक्राउ परेका थिए । नागपट्टिनमबाट पक्राउ परेका मछुवाहरूलाई त्रिन्कोमाली बन्दरगाहमा लगिएको रामेश्वरम प्रहरीले जनाएको छ ।

यसअघि श्रीलंकाको जलसेनाले डुंगा दुर्घटनाका कारण अलपत्र परेका ६ भारतीय मछुवाको उद्धार गरेको थियो । रामेश्वरम माछा मार्ने बन्दरगाहबाट करिब ५ सय ३२ डुङ्गा समुद्रतर्फ प्रस्थान गरेका छन् । तर सगेर पाण्डियनको स्वामित्वमा रहेको डुङ्गाले भारत–श्रीलंकाको समुद्री सिमाना रहेको पाल्क बे क्षेत्रमा यान्त्रिक समस्या देखिएको संकेत गरेको थियो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया