Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजी–७ द्वारा रुसी कदमको विरोध

जी–७ द्वारा रुसी कदमको विरोध


मस्को । जी७ का विदेशमन्त्रीहरुले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रुसविरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन् ।

एएफपीका अनुसार सात समूहका मन्त्रीहरूले रुसको यस बढ्दो कदमहरूको निन्दा गरेका हुन् । यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवारपूर्ण आणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरुद्वारा जारी विज्ञप्तिमा बुधबार जनाइएको छ ।

जी७ ले अझ थप लक्षित प्रतिबन्धहरु पछ्याउने र रुसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन् । ‘हामी अध्ययन गर्नेछौँ, हामी नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौँ, व्यक्तिगत र क्षेत्रगत दुवै,’ बैठकमा भाग लिने ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले आफ्ना युरोपेली सहकर्मीहरूसँगको बैठकपछि बुधबार पत्रकारहरूलाई भनेका छन् ।

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी७ मन्त्रीहरु, साथै युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनी भूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन् । पुटिनको बाटोलाई घृणा गर्ने र उदार लोकतन्त्रलाई माया गर्ने जो कोहीलाई जर्मनीमा स्वागत छ ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार ‘देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै’ आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका थिए । युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको दाबी छ ।

मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र रूसी नागरिकको सुरक्षालाई ध्यान दिँदै आंशिक रूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर गरेको उनले बुधबारको सम्बोधनमा भनेका थिए । उनका अनुसार देशमा आंशिक रूपमा सेना परिचालनको प्रस्ताव रूसी रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । रासस/एएफपी


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया