बैंक अफ इंग्ल्यान्डले फेरि बढायो ब्याजदर
लण्डन । बैंक अफ इंग्ल्यान्ड (बीओई)ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ । बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ । बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अंकको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो ।
बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन् । बैंकले प्रमुख ब्याजदरलाई ०.५ प्रतिशत विन्दुले २.२५ प्रतिशतमा पु¥याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । बैंकको अगस्टको कदमलाई दोहो¥याउँदै पहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पु¥याएको थियो ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागत्लाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ ।
ब्याजदर २००८ पछिको उच्चतम विन्दुमा
बैंक अफ इङ्ल्यान्डले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरेकाले बैंक दर सन् २००८ यताकै उच्च विन्दुमा पुगेको इन्टरएक्टिभ इन्भेस्टर्स एनालिस्ट भिक्टोरिया स्कोलरले बताइन् ।
विश्व बैंकले चालू तेस्रो त्रैमासिक वा सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतको अर्थतन्त्र खुम्चिने संकेत पनि गरेको छ । अघिल्लो तीन महिनामा ०.१ प्रतिशतले खुम्चिएपछि यसले बेलायतलाई मन्दीमा धकेल्नेछ । मन्दीको प्राविधिक परिभाषा नकारात्मक वृद्धिको दुई सीधा त्रैमासिक हो ।
यसैबीच, विश्व बैंकले आगामी महिना मुद्रास्फीति ११ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ । ‘अगष्टदेखि ग्यासको थोक मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ’, बैंकले भनेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- के थियो प्रेम प्रसादले आत्मदाह गर्नु अघि सरकारलाई दिएको २५ बुँदे सुझाव ?
- झिनो अंकले ओरालो लाग्यो सेयर बजार
- छोरीको विवाहमा प्रभु लाइफको जीवन बीमा उपहार
- ड्यानुव होमको दोस्रो शोरुम डिल्लीबजारमा
- मेटलाइफ नेपाल पनि एनपीएसमा आबद्ध
- हिमालयन बैंकद्वारा थप दुईवटा भुक्तानी काउन्टर सञ्चालन
- तीव्र माग र आपूर्तिमा सुधारपछि टाटा मोटर्स नाफामा
- नदीक्षेत्र अतिक्रमणको प्रभाव
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया