Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनका पूर्वन्यायमन्त्री भ्रष्टाचार आरोपमा जेलमा

चीनका पूर्वन्यायमन्त्री भ्रष्टाचार आरोपमा जेलमा


बेइजिङ । चीनका एक जना पूर्वमन्त्री भ्रष्टाचार आरोपमा जेल परेका छन् । बीबीसीका अनुसार धेरै भ्रष्टाचारविरोधी अभियानमा सामेल भएका पूर्वन्यायमन्त्री फु झेन्झुआ घुस लिएको आरोपमा जेल परेका हुन् ।

फुले जुलाईमा आफ्नो गल्ती स्वीकारेका थिए । उनले ११ करोड ७० लाख युआनबराबरको उपहार र पैसा लिएको बताएका हुन् । बिहीबार चांग्चुनको एक अदालतले उनलाई दुई वर्षअघि पाएको मृत्युदण्डको सजायलाई आजीवन कैदमा बदल्ने आदेश गरेको बताइएको छ ।

शासन सम्हालिरहेको कम्युनिस्ट पार्टीले अर्को महिना सम्मेलन गर्नुअघि सरकारी अधिकारीहरुविरुद्ध कारबाही अगाडि बढाइरहेको छ । उक्त पार्टीले हरेक पाँच वर्षमा सम्मेलन आयोजना गर्छ । यो सम्मेलनमा राष्ट्रपति सी चिनफिङलाई ऐतिहासिक तेस्रो कार्यकाल दिने र शक्तिसम्पन्न बनाउने अपेक्षा गरिएको छ ।

फुको बिहीबारको जेल जाने फैसला यही हप्ता तीन अन्य पूर्वप्रान्तीय प्रहरी प्रमुखलाई सँगै आएको छ । सबै चार जनाविरुद्ध भ्रष्टाचारसँगै वर्तमान राष्ट्रपति सीप्रति आज्ञाकारी नभएको अभियोग पनि लगाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया