Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबोइङले २० करोड डलर जरिवाना तिर्ने

बोइङले २० करोड डलर जरिवाना तिर्ने


अमेरिका । मानिसहरुको ज्यान जाने गरी भएको दुईवटा ७३७ म्याक्स विमान दुर्घटनाबारे लगानीकर्तालाई ढाँटेकोसम्बन्धी मुद्दामा अमेरिकी विमान कम्पनी बोइङले २० करोड डलर जरिवाना तिर्ने भएको छ ।

अमेरिकी सेयर बजार नियामकले कम्पनी र यसका पूर्वप्रमुख कार्यकारी अधिकृत डेनिस मुलेनबर्गले सुरक्षाबारे गलत अभिव्यक्ति दिएको बताएको छ । बोइङले मानिसको जीवनभन्दा आफ्नो नाफालाई जोड दिएको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (सेक)ले जनाएको छ ।

७३७ म्याक्स विमान दुर्घटनापछि यस श्रेणीका सबै विमान विश्वमा २० महिनाभन्दा बढी समय ग्राउन्डेड भएका थिए । दुवै दुर्घटनामा गरी तीन सय ४६ जनाको मृत्यु भएको थियो । उक्त मुद्दामा १० लाख डलर जरिवाना मुलेनबर्गले पनि तिर्नुपर्नेछ ।

‘संकट र बिछोडको समयमा सार्वजनिक कम्पनी र यसका पदाधिकारीले पूर्ण, निष्पक्ष र सत्य कुरा बजारलाई बताउनुपर्छ’, सेकका प्रमुख ग्यारी जेन्स्लरले एक वक्तव्यमा भनेका छन् । उनले बोइङ र मुलेनबर्गले धेरैजसो आधारभूत पक्ष नखुलाएको पनि बताएका छन् । सेकको भनाइप्रति कम्पनी र मुलेनबर्ग दुवैले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सेकको घोषणापछि बोइङले लायन एयरको उडान ६१० र इथियोपियन एयरलाइन्सको उडान ३०२ मा गुमाएकालाई नभुल्ने जनाउँदै दुर्घटनापछि कम्पनीका विमानमा धेरै गहिरोमा पुगेर परिवर्तन गरेको बताएको छ । आधारभूत परिवर्तनसँगै सुरक्षा प्रक्रियालाई थप मजबुत बनाएको बोइङले उल्लेख गरेको छ । त्यस्तै कम्पनीले सुरक्षा, योग्यता र पारदर्शितालाई अझ बढी जोड दिएको बोइङले उल्लेख गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया