Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआर्थिक मन्दीको चिन्ताले घट्यो कच्चा तेलको मूल्य

आर्थिक मन्दीको चिन्ताले घट्यो कच्चा तेलको मूल्य

भारतमा पेट्रोल १०६ भारु प्रतिलिटरसम्म


काठमाडौं ।  विश्वमा आर्थिक मन्दीको डरका बीच कच्चा तेल सस्तो भएको छ । अमेरिकी फेडेरल रिजर्भ र बैंक अफ इंग्ल्यानड तथा स्विस बैंकले प्रमुख ब्याजदरमा वृद्धि गरेका छन् । यसले मन्दीलाई लिएर चिन्ता बढाएको छ । गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट क्रुड ४.२१ प्रतिशत अर्थात् ३.८१ डलरले घटेर ८६.६५ डलर प्रतिब्यारेलमा बन्द भएको थियो ।

त्यस्तै डब्ल्यूटीआई ८० डलरभन्दा कम कायम भएको छ । उक्त तेल ४.८६ प्रतिशत अर्थात् ४.०६ डलरको भारी गिरावटसँगै ७९.४३ डलर प्रतिब्यारेल कायम भएको थियो । कच्चा तेलको मूल्यमा गिरावटका बाबजुद भारतमा लामो समययता पेट्रोल र डिजेलको मूल्य बदलिएको छैन ।
बीपीसीएलसँग पेट्रोबासको सम्झौता भारतीय पेट्रोलियम कर्पोरेसन लिमिटेडले कच्चा तेल आयातको लागि ब्राजिलको तेल कम्पनी पेट्रोबाससँग एक सम्झौता गरेको भारतीय मिडियाले जनाएका छन् ।

बीपीसीएल धेरै कच्चा तेल आयात गर्ने भारतीय कम्पनी हो । कम्पनीले महाराष्ट्रका मुम्बई, मध्यप्रदेशको बीना र केरलाको कोच्चीमा रहेको तीन तेल प्रशोधन केन्द्रमा प्रशोधन गरी डिजेल र पेट्रोल उत्पादन गर्छ । कम्पनी कच्चा तेलको बढी मात्रामा इराक र साउदी अरबजस्ता देशबाट आयात गर्छ । अहिले भने कम्पनीले ब्राजिलबाट तेल आयात गर्न उक्त सम्झौता गरेको बताइएको छ ।

भारतमा आइतबार पेट्रोलको मूल्य ९६.७२ भारु र डिजेल ८९.६२ रुपैयाँ प्रतिलिटर भारुमा बिक्री भएको छ । मुम्बईमा भने पेट्रोल १०६.३१ भारु प्रतिलिटर र डिजेल ९४.२७ भारु प्रतिलिटरमा कारोबार भइरहेको छ । भारतमा प्रदेशअनुसार मूल्य फरक हुने गर्छ  ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया