Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसामसङ इन्डियाले एकै दिन बेच्यो १० अर्बको मोबाइल

सामसङ इन्डियाले एकै दिन बेच्यो १० अर्बको मोबाइल


नयाँ दिल्ली । स्मार्टफोन निर्माता कम्पनी सामसङ इन्डियाले आइतबार अमेजन, फ्लिपकार्टजस्ता इकमर्स प्लेटफर्ममा पर्व सेलअन्तर्गत एकै दिन १० अर्ब भारुको मोबाइल बिक्री गरेको छ । भारतीय मिडियाहरुका अनुसार कम्पनीले उक्त दिन १२ लाखभन्दा धेरै ग्यालेक्सी स्मार्टफोन बिक्री गरेको हो ।

कम्पनीले सेलमा ग्यालेक्सी शृंखलाका आफ्ना स्मार्टफोन ह्यान्डसेटको मूल्यमा १७ देखि ६० प्रतिशतसम्म छुट दिएको थियो । कम्पनीले एक वक्तव्यमा भनेको छ, ‘अनलाइनमा पर्वको बिक्रीको पहिलो दिन सामसङले १२ लाखभन्दा धेरै ग्यालेक्सी स्मार्टफोन बिक्री गरेको छ जुन भारतमा नयाँ कीर्तिमान हो । मूल्यको हिसाबले २४ घण्टामा यो १० अर्ब भारुभन्दा बढीको ग्यालेक्सी बिक्री भएको हो ।’

सामसङले ग्यालेक्सी एस२० एफई फाइभजी, ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२, ग्यालेक्सी एम५३, ग्यालेक्सी एम३३, एम३२ प्राइम एडिसन र ग्यालेकसी एम१३ फोनको मूल्यमा कटौती गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया