Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारझ्यालले औँला च्यापेपछि दश लाख बढी कार फिर्ता लिँदै टेस्ला

झ्यालले औँला च्यापेपछि दश लाख बढी कार फिर्ता लिँदै टेस्ला


अमेरिका । विद्युतीय कार निर्माता टेस्लाले अमेरिकी बजारबाट ११ लाख कार फिर्ता लिने भएको छ । कारका झ्याल छिटो लाग्ने र मानिसहरुको औँला च्यापिने समस्या देखिएको भन्दै कम्पनीले लाखौँ कार फिर्ता लिनलागेको हो ।

अमेरिकी नियामकले तयार पारेको यससम्बन्धी कागजातमा झ्याल लगाउन समस्या आएको उल्लेख छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले भने उक्त भनाइलाई असान्दर्भिक भनेका छन् । यसकै लागि कार फिर्ता गर्नु नपर्ने पनि उनले दाबी गरेका छन् । एक सफ्टवेयर अपडेट गर्दा सबै ठीक हुने उनको भनाइ छ ।

तर द न्याशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले भने उक्त समस्या सुरक्षा मापदण्डको उल्लंघन हुने जनाएको छ । टेस्ला विश्वकै ठूलो विद्युतीय कार निर्माता हो । ससाना कुरामा पनि फिर्ता पठाउने गरेको भन्दै मस्कले प्रहरीले मजाक गरेको बताउने गरेका छन् । यसअघि पनि टेस्लाले पछाडिका क्यामेरा, बनेट ल्याचेस, सिटबेल्ट रिमाइन्डर, साउन्ड सिस्टम सफ्टवेयरमा समस्या सिर्जना भएका कारण फिर्ता  गरिसकेको छ । पछिल्लो समस्या भने टेस्लाका सबै चारवटै मोडलमा देखिएको छ । खासगरी २०१७/०२२ मा बनेका मोडेल ३ सेडान र केही २०२०/०२१ मा बनेका मोडेल वाई एसयूभीहरु, मोडेल एस सेडान र मोडेल एक्स एसयूभीमा समस्या देखिएको हो ।

टेस्लाले अगस्टमा उत्पादन परीक्षणका दौडान स्वचालित झ्यालसँग अहिले भेटिएको समस्या पहिचान गरेको थियो । नोभेम्बर १५ बाट कारमालिकले पत्र प्राप्त गर्नेछन् । कम्पनीले सेप्टेम्बर १३ पछि बनेका कारमा भने सफ्टवेयर अपडेट गरिसकेको संकेत गरेको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया