Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईफोन १४ भारतमै बन्ने

आईफोन १४ भारतमै बन्ने


नयाँ दिल्ली । अमेरिकी प्रविधि कम्पनी एप्पलले भारतमा नै आईफोन १४ उत्पादन गरिने बताएको छ । सोमबार एप्पलले भारतमा नै आफ्नो पछिल्लो संस्करणको आईफोन उत्पादन गरिने बताएको हो ।

एप्पलले चीनबाट आफ्नो आईफोन उत्पादन घटाइरहेको समयमा यस्तो बताएको हो । एप्पलले यो महिनाको सुरुमा आईफोन १४ सार्वजनिक गरेको थियो । यो उत्पादनमा कम्पनीले कुनै नयाँ फिचर ल्याउनेभन्दा पनि सुरक्षालाई बढी ध्यान दिएको छ ।

‘नयाँ आईफोन १४ मा नयाँ प्रविधि र महत्वपूर्ण सुरक्षा क्षमताको प्रयोग गरिएको छ । हामी भारतमा आईफोन १४ को उत्पादन सुरु गर्न निकै उत्साहित छौँ’, एप्पलले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । जेपी मोर्गानका विश्लेषकले एप्पलको यो कदमले करिब पाँच प्रतिशत उत्पादन भारतमा सर्न सक्ने बताएका छन् ।

भारत चीनपछि विश्वको सबैभन्दा ठूलो स्मार्टफोनको बजार हो । जेपी मोर्गानका विश्लेषकहरुका अनुसार सन् २०२५ सम्म एप्पलले आफ्ना चारमध्ये एउटा भारतमा उत्पादन गर्न सक्छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया