Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारमन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिङ कमजोर

मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिङ कमजोर


लन्डन । बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।

सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरी नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपराह्नसम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।

सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।

क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने, ‘म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थ व्यवस्थालाई चलाइरहेका छन् ।’

बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून विन्दुमा पु-याएको छ ।

हन्टरले भने, ‘बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नुपरेको छ ।’ यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपत्कालीन घोषणा गर्नुपर्ने हुनसक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए ।

बजार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाइ हुने संकेत गरेका छन् ।बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ ।

सोमबार बिहान पाउण्ड करिब चार प्रतिशतभन्दा बढीले घटेर १.०३५ डलरको हाराहारीमा पुगेको छ । यससँगै पाउन्डको मूल्य डलरको बराबरी नजिक पुगेको छ । यद्यपि बेलायती मुद्राको अवस्था अपराह्नसम्ममा १.०७ डलरभन्दा माथि पुगेको छ ।
सन् १९७२ यताकै सबैभन्दा ठूलो ४५ अर्ब पाउण्डको कर कटौतीपछि चान्सलर क्वासी क्वार्टेङले सप्ताहन्तमा ‘अझै धेरै कुरा आउन बाँकी’ रहेको बताएपछि यो ठूलो परिवर्तन भएको हो ।

क्वार्तेङले आइतबार सञ्चारकर्मीसँग भने, ‘म अर्को वर्ष हेर्न चाहन्छु कि मानिसहरूले आफ्नो आयको अधिक हिस्सा कायम राख्छन्, किनकि मलाई विश्वास छ कि यो बेलायती जनताले नै यो अर्थ व्यवस्थालाई चलाइरहेका छन् ।’

बेलायती अनलाइन इन्भेस्टमेन्ट सर्भिस इन्टरेक्टिभ इन्भेस्टरका बजार प्रमुख रिचर्ड हन्टरका अनुसार डलरको शक्तिसँगै सरकारी बजेटको प्रभावले स्टर्लिङलाई केही समयका लागि अहिलेसम्मकै न्यून विन्दुमा पु-याएको छ ।

हन्टरले भने, ‘बजेटले पहिले नै अत्यधिक ऋणग्रस्त अर्थव्यवस्थामा थप दबाब सिर्जना गर्नेछ भन्ने चिन्ताले वित्तीय अनुशासनहीनताको आरोपको सामना गर्नुपरेको छ ।’ यसको परिणामस्वरूप बैंक अफ इंग्ल्याण्डले प्रतिक्रियामा आपत्कालीन घोषणा गर्नुपर्ने हुनसक्छ भन्ने अड्कलबाजी पनि भएको छ । क्वार्तेङले शुक्रबार कर कटौती गर्ने र आर्थिक वृद्धिलाई बढावा दिने आफ्नो महत्वाकांक्षी योजना सार्वजनिक गरेका थिए ।

जार विश्लेषकहरूले यस्तो आर्थिक अनिश्चितताको सामना गर्दा सरकारलाई घाटाको वित्तपोषण गर्न ठूलो कठिनाइ हुने संकेत गरेका छन् । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया