Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिबानले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने


काबुल । तालिबानले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा ‘विशेष छुट’ हुने गरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ ।

युक्रेन आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ । पश्चिमी देशहरूले रुसमाथि बन्देज लगाएपछि मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ । आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा राखेको छ । इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ ।

यस वर्षको सुरुमा उच्चस्तरीय तालिवान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो । मस्कोबाहेक, कयस क्षेत्रका देशका थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन् । तालिवान नेतृत्वले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ ।

मंगलबार जारी गरिएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक संकुचन र तालिवानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय संकटका कारण निकै कमजोर भएको बताएइको छ ।

‘उपलब्ध तथ्यांकले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व संकलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ’, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सो बारे उल्लेख गरिएको छ ।

राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइनुले आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया