रूसद्वारा इटालीलाई निर्यात गरिने ग्यासमा रोक
मस्को । रूसको ग्याजप्रोमले अस्ट्रियामा यातायात समस्या भएको भन्दै इटालीको एनीमा गर्दै आएको ग्यास आपूर्ति स्थगन गरेको इटालियन ऊर्जा कम्पनीले शनिबार जनाएको छ ।
‘ग्याजप्रोमले हामीलाई अस्ट्रियामार्फत ग्यास ढुवानीको असम्भवतालाई उद्धृत गर्दै आजका लागि माग गरिएको ग्यासको आपुर्ति गर्न असम्भब भएको बताएको छ’, एनीको स्थानीय प्रशासनद्वारा जारी एक विज्ञप्तिमा जनाएको छ ।
‘फलस्वरूप, टार्भिसियो प्रवेश विन्दु हुँदै एनीमा जाने रुसी ग्यास प्रवाह शून्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । इटालीमा वितरण गरिएको अधिकांश रूसी ग्यास ट्रान्स अस्ट्रिया ग्यास पाइपलाइन (ट्याग)मार्फत युक्रेन हुँदै अस्ट्रियाको सीमामा उत्तरी इटालीको टार्भिसियोमा जान्छ ।
युक्रेनमा युद्ध हुनुअघि इटालीले आफूले खपत गर्ने ग्यासको ९५ प्रतिशत आयात गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री मारियो ड्राघीले रूसमा इटालीको निर्भरता घटाउन अन्य ग्यास उत्पादकहरूसँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । एनीका लागि हुँने ग्यास आपुर्ति जूनमा २५ प्रतिशतमा झरेको छ । प्रशासनले रूसी ग्यासको विकल्पमा नवीकरणीय ऊर्जातर्फको परिवर्तनलाई गति दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- न्युयोर्कमा ११४औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
- ललितपुर महानगरका नगरप्रमुखद्वारा जिपि फाउन्डेशन अमेरीकाको कार्यालयमा विशेष भेटघाट एवं समसामयिक छलफल
- राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
- टी–२० शृङ्खलाः नेपाल ‘ए’ टोली आयरल्याण्डको ‘ए’ टोलीसँग पराजित
- न्युयोर्कमा ११४औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस
- बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र
- कांग्रेस पुन: सरकारमा जान्छ : महामन्त्री थापा
- मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- चिया पसल पनि कम्पनी ?
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
- नेपाली अमेरिका कलाकार सङ्घमा बसन्ती राई
तपाईको प्रतिक्रिया