Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारपाकिस्तानमा डेंगुको प्रकोप, ३० हजारभन्दा बढी संक्रमित

पाकिस्तानमा डेंगुको प्रकोप, ३० हजारभन्दा बढी संक्रमित


इस्लामाबाद । पाकिस्तानमा डेंगुको प्रकोप दिन प्रतिदिन फैलिएको छ । पाकिस्तानको राजधानी इस्लामावादमा मात्रै पछिल्लो एक दिनमा एक सय चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

योसँगै पाकिस्तानमा डेंगुबाट यस वर्ष मात्रै संक्रमित भएकाहरूको संख्या ३० हजार दुई सय ६७ पुगेको छ । इस्लामावाद जिल्ला स्वास्थ्य कार्यालय (डीएचओ)ले शनिबार दिएको जानकारी अनुसार कुल संक्रमितमध्ये दुई हजार चार सय ३५ जना राजधानी इस्लामावादका हुन् ।

डेंगुका कारण यस बर्ष मात्रै पाकिस्तानमा ६८ जनाको मृत्यु भएको पनि डिएचओले जनाएको छ । ती मध्ये छ जनाको राजधानी इस्लामावादमा मृत्यु भएको हो । पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला डेंगुको प्रकोप पनि फैलिएको हो ।

बाढी पहिरोबाट सबैभन्दा धेरै प्रभावित भएको सिन्ध प्रान्त नै डेंगुबाट पनि सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । सिन्ध प्रान्तमा डेंगुबाट मात्रै ३७ जनाको मृत्यु भएको छ । बाढी पहिरोका कारण लाखौँ मानिस विस्थापित भएको, घरबार विहीन भएको र फोहोर भएकाले लामखुट्टेबाट जोगिन नसकेकाले पनि डेंगुबाट धेरै जना संक्रमित हुनु परेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । (रासस/एएनआई)


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया