युक्रेनमा रुसको भीषण क्षेप्यास्त्र आक्रमण
८४ वटा क्षेप्यास्त्रको निशाना युक्रेनी मुख्य सहर/११ जनाको मृत्यु, कैयौँ घाइत
किभ । रुसले सोमबार युक्रेनका मुख्य–मुख्य सहरमा दर्जनौँ क्षेप्यास्त्र आक्रमण गरेको छ । बीबीसीका अनुसार सोमबार बिहानैदेखि रुसले कम्तीमा ८४ वटा क्षेप्यास्त्र आक्रमण गरेको हो ।
युक्रेनका सेना प्रमुख जनरल भ्यालेरी जालुझिनीले एकाबिहानैदेखि उक्त संख्यामा क्षेप्यास्त्र प्रहार भएको बताएका छन् । उनले ट्विट गर्दै तीमध्ये धेरै क्षेप्यास्त्र युक्रेनको हवाइ प्रतिरक्षामार्फत निष्प्रभावी तुल्याइएको दाबी गरेका छन् ।
राजधानी सहर किभ, निप्रो, जापोरिझिया, खर्किभ, तेर्नपिल, लिभिभमा क्षेप्यास्त्र आक्रमण गरिएको छ । किभमा भएको आक्रमणमा कम्तीमा ११ जना नागरिक मारिएको र कैयौँ घाइते भएको युक्रेनका गृहमन्त्रीले बताएका छन् । महत्वपूर्ण भौतिक पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको किभका मेयरले बताएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि निप्रो, जापोरिझियालगायतमा रुसले क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् । त्यस्तै खर्किभका मेयरले सहरमा रुसले ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र हानेको बताएका छन् । यसले विद्युत् आपूर्ति बन्द भएको छ भने पानीको पनि समस्या देखिएको छ । त्यसैगरी तेर्नपिल र लिभिभमा पनि क्षेप्यास्त्र आक्रमणबाट विद्युत् आपूर्ति बन्द भएको छ । यता समी, झिटोमिर, खेमेल्नित्स्की र किरोभोरादमा पनि ठूला विस्फोटन सुनिएका छन् ।
यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया–रुस जोड्ने पुलमा गरिएको ‘आतंकवादी आक्रमण’को जवाफस्वरुप क्षेप्यास्त्र आक्रमण गरिएको प्रतिक्रिया दिएका छन् । उनले युक्रेनलाई सो पुल विस्फोटमा जिम्मेवार ठह-याउँदै थप आक्रमण गरे सशक्त आक्रमण गर्ने पनि चेतावनी
दिएका छन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया