Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारयूरोपमा आप्रवासी, शरणार्थीको चाप पुनः बढ्दो

यूरोपमा आप्रवासी, शरणार्थीको चाप पुनः बढ्दो


ब्रसेल्स । सन् २०२२ को पहिलो नौ महिनामा युरोपेली संघमा गैर–कानुनीरूपमा प्रवेश गर्नेको संख्या ७० प्रतिशतले वृद्धि भई सन् २०१६ यताकै उच्च विन्दुमा पुगेको ईयूको सीमा निकायले बिहीबार जनाएको छ ।

ईयूको सीमा निकाय (फ्रन्टेक्स) का अनुसार कुल दुई लाख २८ हजार दुई सय ४० व्यक्ति प्रवेश गरेको भेटिएको छ । यसमध्ये बाल्कन क्षेत्रबाट एक लाख छ हजार तीन सय ९६ जना प्रवेश गरेका थिए । यो संख्या सन् २०२१ को सोही अवधिको तुलनामा १७० प्रतिशतले बढी हो । फ्रन्टेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पश्चिमी बाल्कनमा पहिलेदेखि नै रहेका आप्रवासीहरूले पटक–पटक सीमा पार गर्ने प्रयास गरेका कारण अवैध सीमा पार गर्नेको संख्या बढेको हो ।

प्रवेश गर्नेको दोस्रो ठूलो संख्या मध्य भूमध्यसागरीय मार्ग हुँदै आउनेको रहेको छ । यस नाकाबाट ५६ हजार ६७२ व्यक्ति प्रवेश गरेका थिए । यो सङ्ख्या गत वर्षको पहिलो नौ महिनाको तुलनामा ४२ प्रतिशत बढी हो ।

बाल्कन क्षेत्र हुँदै युरोपेली संघमा प्रवेश गर्न खोज्ने आप्रवासीमध्ये मुख्यतया सिरियाली, अफगानी र टर्कीका नागरिकहरू थिए । मध्य भूमध्यसागर हुँदै प्रवेश गर्नेमा अधिकांश ट्युनिसियाली, इजिप्टियाली र बंगलादेशी थिए ।

एजेन्सीका अनुसार सन् २०२२ मा सामुद्रिक मार्गमा भेटिएका आप्रवासीको सङ्ख्या ५२ हजार सात सय रहेको छ । यो संख्या सन् २०२१ मा झण्डै ५२ हजार मात्र थियो । रासस/एएफपी 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया