Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपेरिसमा इन्धन हडताल चर्किने संकेत

पेरिसमा इन्धन हडताल चर्किने संकेत


फ्रान्स । फ्रान्सका फिलिङ स्टेसनहरू बन्द गर्न बाध्य भएको करिब तीन हप्तापछि पेरिसका प्रहरीहरूले बढ्दो जीवनयापन खर्चको विरोधमा आइतबार प्रदर्शनको तयारी गरिरहेका छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोँको प्रशासनका विरोधी वामपन्थीहरूले जलवायु परिवर्तनमा सरकारको निष्क्रियताको विरोधमा प्रदर्शनको आयोजना गरेका छन् । वामपन्थी फ्रान्स अनबोड (एलएफआई) पार्टीका नेता ज्याँ लुक मेलेन्चोनले हालको हडतालअघि नै प्रदर्शनको योजना बनाउनुभएको छ भने आयोजकहरूले हालको औद्योगिक आन्दोलनबाट केही गति लिने विश्वास गरेका छन् । 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया