Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइबोला फैलिन नदिन उच्च सतर्कता

इबोला फैलिन नदिन उच्च सतर्कता


युगान्डा । युगान्डाको राजधानी कम्पालामा इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा धेरै रहेकाले यहाँ उच्च सतर्कताका राखिएको छ । यहाँका राष्ट्रपति योवेरी मुसेवेनीले कम्पालामा यो भाइरसको संक्रमण र फैलावटको अधिक सम्भावना रहेको भन्दै यस सहरमा उच्च सतर्कता अपनाइएको बताएका हुन् ।

उनले ट्विट गरेर सो कुराको जानकारी दिएका हुन् । सोमबार युगान्डाको मुबेन्डेमा दुई जनामा यो भाइरसको संक्रमण देखिएको थियो । त्यसैले सो संक्रमण यहाँ नआओस् भनेर सतर्कता अपनाइएको उनले बताए ।

मुबेन्डे यसअघि इबोलाको संक्रमण निकै धेरै भएको नगर हो । युगान्डामा इबोला सोही सहरबाट फैलिएको थियो । त्यसैले अहिले पनि यहाँ उक्त भाइरसको संक्रमण देखिएकाले अहिलेदेखि नै उच्च सतर्कता अपनाइएको र यहाँ सो भाइरसको सङ्क्रमण हुन नदिन आवश्यक पूर्वतयारी र मापदण्डहरु अपनाइएको उनले बताएका छन् ।

यही अक्टोबर १५ सम्मको युगान्डाको तथ्यांकअनुसार यहाँ ५८ जनामा इबोलाको संक्रमण देखिएको थियो र तीमध्ये १९ जनाको मृत्यु भएको थियो । त्यस्तै २० जना संक्रमित निको भएर घर फर्किएका थिए । गत सेप्टेम्बर २० मा यहाँ मुबेन्डेमा पहिलो पटक इबोलाको संक्रमण देखिएको थियो । केही वर्षअघि अफ्रिकामा देखिएको यो संक्रमण घातक रहेको छ । यस संक्रमणबाट अफ्रिकी देशहरुमा हजारौँ मानिसको ज्यान लिइसकेको छ । रासस/सिन्ह्वा 


क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया